ब्लु टिक बारे मस्कको प्रतिक्रिया: ‘गुनासो जारी राख्नुहोस्, तर यसका लागि ८ डलर खर्च हुनेछ’


काठमाडौं । एक हप्ताभन्दा कम समय अगाडि ट्विटर प्राप्त गरेपछि कम्पनीका नयाँ सीईओ एलोन मस्कले ट्वीटर ‘ब्लु टिक’का लागि प्रतिमहिना ८ डलर शुल्क लिने कदम अगाडि बढाएका छन् । ट्विटरका मालिक एलन मस्कले ट्विटर खरिद गरेसँगै भेरिफाइड प्रयोगकर्ताका लागि नयाँ नियम ल्याएका हुन् ।

यस विषयमा आफ्नो अडानलाई पुन: पुष्टि गर्न, एलोनले भने, ‘सबै गुनासोकर्ताहरूलाई, कृपया गुनासो जारी राख्नुहोस्, तर यसको लागि ८ डलर खर्च हुनेछ।’

यदि उक्त रकम नतिर्ने हो भने भेरिफाइड ट्विटर ब्लु मार्क हटाइने पनि मस्कले चेतावनी दिएका छन् । कतिपय ट्विटर प्रयोगकर्ताहरूले भने मस्कको यस्तो नियमप्रति आपत्ति जनाउँदै टिप्पणी गरेका छन् ।

टेस्ला मोटर्स तथा स्पेस एक्सका प्रखुमसमेत रहेका खर्बपति मस्कले ब्लु चेकमा सार्वजनिक व्यक्ति मात्रै नभएर सबैलाई समान पहुँच दिलाउन यस्तो व्यवस्था ल्याउन लागेको बताएका छन् । यसबाट ट्विटरका लागि आम्दानीको नयाँ स्रोत पनि खुलाउनले उनको भनाइ छ ।