कर दिवसमा नेपाल डेरीका राजभण्डारी सम्मानित


काठमाडौं । डेरी क्षेत्रमा उत्कृष्ट उत्पादनको ख्याती कमाएको नेपाल डेरी प्रा. लि. कर दिवसको अवसरमा सम्मानित भएको छ ।

राष्ट्रिय कर दिवसको अवसरमा आन्तरिक राजश्व कार्यालय ठमेलले उद्योग क्षेत्रबाट सबैभन्दा बढि आएकर तिर्ने उद्योगका रुपमा नेपाल डेरी प्रा. लि. लाई सम्मान गरेको हो । राजश्व कार्यालय दाेसल्ला र प्रमाणापत्रसहित नेपाल डेरीका सञ्चालक अरनिकाे राजभण्डारीलाइ सम्मान गरेकाे हाे ।

राष्ट्रिय कर दिवसको उपलक्ष्यमा राजस्व कार्यालयको तर्फबाट सम्मानित भएपछि सञ्चालक अरनिको राजभण्डारीले भने, ‘निजी क्षेत्रले दुख गरेर तिरेको करको सरकारले सही सदुपयोग गरीदियोस यही हाम्रो कामना छ।’