क्यानडालाई हराउदै बेल्जियमको सुखद सुरुवात


काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत बेल्जियमले विजयी सुरुवात गरेको छ ।

समूह एफ मा रहेको बेल्जियमले क्यानडालाई १-० ले पराजित गर्दै सुखद सुरुवात गरेको हो।

अहमद बिन अली रंगशालामा भएको खेलमा बेल्जियमका लागि मिसी बासुआई गरेको गोल नै निर्णायक सावित भयो । खेलको ४४ औँ मिनेटमा मिसीले बेल्जियमले अग्रता लिएको थियो ।

क्यानडा तुलनात्मक रुपमा आक्रामक देखिएपनि फिनिसिङ फितलो हुदा खेल आफ्नो पक्षमा पार्न सकेन । क्यानडा खेलको ११ अ‍ौं मिनेटमा क्यानडाले अग्रता लिने सुवर्ण अवसर गुमायो । यानिक करास्कोले पेनाल्टी क्षेत्रभित्र ह्यान्ड गरेपछि रेफ्रीले भिडियो एसिसेन्ट रेफ्रीको सहायता लिँदै पेनाल्टी दिए । तर अल्फोन्सो डेभिसको प्रहारलाई गोलरक्षक थिबाउट कोर्टुवाले विफल पारे ।

बेल्जियमले जितसँगै ३ अंक जोडेको छ ।