सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम १ अर्ब मुनि


काठमाडौं । साताको कारोबारको तेस्रो दिन सेयरबजारमा सामान्य वृद्धि भएको छ । साताको कारोबारको पहिलो दिन ३२ अंकले बढेको नेप्से परिसूचक हिजो दोस्रो दिन भने १५ अंकले घटेको थियो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक २.९९ अंकले बढेर १९५३.३५ अंकमा पुगेको छ भने सेन्सेटिभ परिसूचक पनि ०.०८ अंकले बढेर ३८२.६९ अंकमा पुगेको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ७ वटा उपसमूहको सेयर बढेको छ भने बाँकी ६ वटा उपसमूहको सेयर घटेको छ ।

मंगलबार पनि हिमालयन डिष्टीलरी कारोबार रकमका आधारमा अग्रस्थानमा रहेको छ । कम्पनीको ९ करोड ७२ लाख ७५ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

आज धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य सर्वाधिक बढेको छ । कम्पनीको सेयरमूल्य ६.१० प्रतिशतले बढेर २ सय ६६ रूपैयाँ पुगेको छ ।

त्यस्तै आजको दिन एनआईसी एशिया ब्यालेन्स फण्डको मूल्य सबैभन्दा धेरै घटेको छ । उक्त फण्डको मूल्य ४.६० प्रतिशतले घटेको छ ।

कूल २३४ वटा कम्पनीको २५ लाख ८९ हजार ९ सय ९७ कित्ता सेयर खरिदबिक्री हुँदा ९५ करोड ७० लाख ६० हजार २ सय २५ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

र ८ रूपैयाँ ५१ पैसामा झरेको छ ।