उद्योग परिसंघ प्रदेश १ ले एक्स्पो गर्ने


काठमाडौं । नेपाल उद्योग परिसंघ प्रदेश नम्बर १ ले मेला आयोजना गर्ने भएको छ । प्रदेश १ को राजधानी विराटनगरमा एक्पो गरिने १० दिनको एक्स्पो आयोजना गर्ने उल्लेख गरेको छ । विराटनगरको शंखरापुर मार्गमा माघ १९ गतेदेखि २८ गतेसम्म एक्स्पो गर्न लागिएको जनाएको छ ।

परिसंघका अनुसार एक्स्पोमा दुई लाख वर्गफिट क्षेत्रफलमा ३५० स्टल राखिने योजना रहेको छ । एक्स्पोमा पर्यटन, जलविद्युत, कृषि, उद्योग, औषधिजन्य, शिक्षा र व्यापार लगायतका स्टल रहनेछन् । नाकाको क्षेत्रमा एक्स्पो गर्ने भएकोले त्यसले भारतीय पनि आउने अपेक्षा लिएको उद्योगी व्यापारी गिरिजा शारडाले बताइन् ।

एक्स्पो साना तथा मझौला उद्योगका उत्पादनको पनि स्टल रहने जनाइएको छ । एक्स्पोले रोजगारी सिर्जना र औद्योगिक वातावारण कसरी गर्ने भन्नको लागि महत्वपूर्ण हुने उल्लेख गरिएको छ ।
एक्स्पो अवधिभर भारतीय र नेपाली कलाकारहरुको प्रस्तुति रहने परिसंघले जनाएको छ ।