अटो व्यवसायी सडकमा, आन्दाेलन चर्काउने चेतावनी (फाेटाे फिचर)


काठमाडाैं। ”गरी खान देऊ’ लगायतका प्लेकार्ड बाेकेर नाडा अटोमोबाइल्स आवद्व अटाे व्यवसायी सडकमा उत्रिएका छन् । बिहीबार माइतीघर मण्डलामा ठूलाे संख्यामा व्यवसायीहरू शान्तिपूर्ण धर्ना कार्यक्रममा सहभागी भएका हुन् ।

व्यवसायीले ब्याजदर नियन्त्रण गर, जसले कर तिरेको छ उसैलाई पेल्ने हेप्ने, चालु पुँजी कर्जा मार्गदर्शन खारेज गर, देशमा सरकार त छ ?, मौद्रिक नीति परिमार्जन गरसमेतका बैंक तथा वित्तीय र नियमनकारी निकायकाे विरोधमा प्ले कार्डहरू थिए । सरकारले अटो क्षेत्रलाई मार पर्ने खालको नीति बनाएको भन्दै कडा रूपमा आन्दोलनमा उत्रिने समेत चेतावानी दिएका छन् ।

नाडा अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष धुव्र थापाले सरकारले विगत ८ महिनादेखि लगाएको आयात प्रतिवन्ध खुल्ला गर्ने निर्णय गर्नु समयको आवश्यकता रहेको बताएका छन् । काठमाडाैंसमेत पाेखरा, चितवन लगायतका सहरमा पनि विराेध प्रदर्शन भएका छन् । व्यवसायीले कालाे पृष्ठभूमीमा लेखिएका डिजिटल व्यानरसमेत सेयर गर्दै सामाजिक सञ्जालमा पनि विराेध जनाइरहेका छन् ।

शब्द/तस्बिरः रबि थापा