गुणस्तरहीन पुष्टि भएपछि एसियन पेन्टस् नष्ट गर्न जिल्लामा पत्राचार,काठमाडौँमा नष्ट गर्न जग्गा खोजिँदै


काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गत कार्तिक १९ गते काठमाडौंको एक गोदामबाट छापा मार्दा नियन्त्रणमा लिएको गुणस्तरहिन आठ हजार एसियन पेन्ट्सको डिब्बा (टिन) नष्ट गर्न समस्या भएको छ ।

विभागले रङ्गको परिमाण धेरै भएकाले नष्ट गर्ने जग्गाको खोजी भइरहेको बताएको छ । विभागका महानिर्देशक महेशभट्टराईले भने , “त्यो रङ्ग फाल्नको लागि जग्गा अलिकति ठुलो चाहिने रहेछ । त्यसमा विषादी भएकाले जहाँ पनि फाल्न भएन । हामीले जग्गा खोजेका छौँँ । केही दिनमा नै हामीले नष्ट गर्छौ ।’’

एसियन पेन्ट्सको गोदामबाट मिति सकिएका र रङ डिब्बामा सुरूमा रहेको लेबल हटाई नयाँ मिति र मूल्यसहितको स्टिकर टाँसेर रिलेबलिङ गरी बिक्रीका लागि बजार लैजान तयारी अवस्थामा राखेको रङ डिब्बा विभागले नियन्त्रणमा लिएको थियो ।

काठमाडौंको सतुंगल र ललितपुरको बालकुमारीस्थित गोदाममा राखिएका करिब एक करोड २० लाख रुपैयाँ मूल्य बराबरका रङ विभागले पाँचवटा गाडीमा राखेर बबरमहलस्थित कार्यालयमा ल्याएर राखेको महानिर्देशक भट्टराईले बताए ।

महानिर्देशक भट्टराईले अवधि गुज्रिएको सबै रङ डिब्बा विभागको गोदाममा ल्याएर राखेको जानकारी दिए ।

रङ अवैध बिक्री गर्दै आएको एसियन पेन्ट्स नेपाललाई उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम ६ लाख जरिवान गरेको छ भने नष्ट गर्दा लाग्ने लागात समेत कम्पनीले नै बेहोर्ने महानिर्देशक बस्नेतले बताएका छन् ।

उनले भने, “हामीले यस्तो थाहा पाएपछि बजारमा रहेको सम्पूर्ण रङ कम्पनीमा छापा मारेका छौँ । केही पेटन्सले पनि यस्तै क्रियाकलाप गर्दै आएको हामीले सुनेका छौँ । त्यसलाई पनि निगरानी गर्दै छौँ ।”

एसिएन पेन्टसले उत्पादन नष्ट गर्न सबै स्थानीय तह र सबै जिल्लाका प्रशासनलाई विभागले पत्राचार गरेकाे छ ।

महानिर्देशक भट्टराईले भने, “हामीले यस्तो थाहा पाएपछि बजारमा रहेको सम्पूर्ण रङ कम्पनीमा छापा मारेका छौँ । केही पेटन्सले पनि यस्तै क्रियाकलाप गर्दै आएको हामीले सुनेका छौँ । त्यसलाई पनि निगरानी गर्दैछौं ।”

उपयोग अवधि गुज्रिएका तथा वास्तविक मूल्यलाई मेटेर बढी मूल्यसहित रिलेबलिङ गरिएका उक्त कम्पनीका रङ बजारमा बिक्री भएको पाइएपछि विभागले दुईवटा गोदाममा एकैपटक छापा मारेको थियो ।