गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सको लाभांश घोषणा


काठमाडौँ । गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई ७.३७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

हिजो पुस ५ गते बसेको कम्पनी संचालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ७.३७ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

समितिले प्रस्ताव गरेको लाभांश अनुसार ७ प्रतिशत बराबर हुन आउने ६ करोड ६५ लाख २८ हजार बोनस सेयर र ०.३७ प्रतिशत बराबर हुन आउने ३५ लाख १ हजार ४३७ रुपैयाँ ६८ रुपैयाँ लाभांश दिने निर्णय गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण गरिनेछ।