क्यान फेडेरेसनको अध्यक्षमा वर्तमान उपाध्यक्ष पोद्दारको मात्रै उम्मेदवारी


काठमाडौं । कम्प्युटर एसोसिएसननेपाल महासंघ (क्यान फेडेरेसन)को अध्यक्षमा वर्तमान उपाध्यक्ष रन्जित पोद्दारको मात्रै उम्मेदवारी परेको छ ।

एकल उम्मेदवारी परेपछि पोद्दार निर्विरोध निर्वाचित हुने निश्चित भएको छ । महासंघको पुस ९ गते हुने वार्षिक साधारण सभाबाट ३९ सदस्यीय नयाँ केन्द्रीय कार्या समिति चयन गर्ने कार्यक्रम छ ।

पोद्दारको एकल उम्मेदवारी परेपछि अध्यक्षमा निर्वाचन नहुने भएको छ । पोद्दारले आफ्नो एकल उम्मेदवारी परेको जानकारी दिए ।

उनले भने,“ अध्यक्षमा मेरो एकल उम्मेदवारी छ । अध्यक्षमा म निर्विरोध हुने पक्का भएको छ । ” अगामी नयाँ कार्यसमितिका लागि निर्वाचन प्रकृया चलिरहेको छ । जस अन्तर्गत आज उम्मेदवारको अन्तिम मतदाता नामावली प्रकाशन कार्यक्रम रहेको छ ।