एक वर्षमा ८८ खर्ब रुपैँयाले बढ्यो स्थायी तरलता सुविधा


काठमाडौं । पछिल्लो १ वर्षमा बैंक तथा वित्तीय संस्थाहरुले ८८ खर्ब रुपैयाँ स्थायी तरलता सुविधा लिएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार एक वर्षमा बैंक तथा वित्तीय संस्थाहरुले ८७ खर्ब ९९ अर्ब ८८ करोड रुपैयाँ स्थायी तरलता सुविधा लिएका हुन् ।

राष्ट्र बैंकको तथ्यांकअनुसार बैक तथा वित्तीय संस्थाहरुले लिने उक्त सुविधा आर्थिक वर्ष २०७७/७८ को तुलनामा आर्थिक वर्ष २०७८/७९ मा २३.७६ प्रतिशतले बढि हो ।

बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्ष २०७८/७९ मा ९१ खर्ब ७० अर्ब ११ करोड रुपैँयाको स्थायी तरलता सुविधा लिएका छन् भने आर्थिक वर्ष २०७७/७८ मा ३ खर्ब ७० अर्ब ३४ करोड रुपैँया लिएका थिए ।

स्थायी तरलता सुविधा छोटो अवधिको तरलता व्यवस्थापन गर्ने उदेश्यलेसरकारी ऋणपत्र (ट्रेजरी बील र विकास ऋणपत्र) को धितोमा मागकर्ता बैंक तथा वित्तीय संस्थालाई अधिकतम ७ कार्यदिनको लागि बंैक दरमा स्थायी तरलता सुविधा दिँदै आएको छ ।

वाणिज्य बैंकहरुबिच आर्थिक वर्ष २०७८/७९ मा २७ खर्ब ८४ अर्ब १० करोड रुपैँया अन्तर बैंक कारोबार भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०७७/७८ मा १७ खर्ब ८२ अर्ब ९६ करोड रुपैँया रहेको थियो ।

आर्थिक वर्ष २ं०७८/७९ मा वाणिज्य बैंक बाहेक बैंक तथा वित्तीय संस्थाहरुबिच ३ खर्ब १६ अर्ब २५ करोड रुपैँया बराबरको अन्तर बैंक कारोबार भएको जनाएको छ । आर्थिक वर्ष २०७७/७८ मा यस्तो कारोबार २ खर्ब १३ अर्ब ६२ करोड रुपैँया रहेको जनाएको छ ।

आर्थिक वर्ष २०७८/७९ मा रिभर्स रिपोमार्फत २८ अर्ब रुपैयाँ ३५ करोड र निक्षेप संकलनमार्फत ३१ अर्ब रुपैयाँ ६५ करोड गरी कुल ६० अर्ब रुपैयाँ तरलता प्रशोचन गरिएको छ ।

सो अवधिमा नियमित प्रकारको रिपोमार्फत २ खर्व ७० अर्ब रुपैयाँ ब्याजदर करिडोर अन्तर्गतको रिपोमार्फत २ खर्व ६ अर्ब ३९ करोड रुपैयाँ सोझै खरिद मार्फत ५५ अर्ब ९२ करोड रुपैयाँ तथा स्थायी तरलता सुविधामार्पmत ९१ खर्व ७० अर्ब ११ करोड रुपैयाँ गरी कुल ९७ खर्व २ अर्ब ४१ करोड रुपैयाँ बराबरको तरलता प्रवाह गरिएको छ ।