राहदानी छपाई तथा वितरण कार्य अवरुद्ध


काठमाडौं । आइतबारदेखि राहदानी छपाई तथा वितरण कार्य अनिश्चितकालको लागि अवरुद्ध भएको छ । राहदानी विभागले सिस्टममा पुष १७ गतेदेखि समस्या आएकोले राहदानी छपाई तथा वितरण कार्य अवरुद्ध भएको जनाएको छ ।

सिस्टम पुर्णरुपमा सुचारु हुन केहि समय लाग्ने उल्लेख गरेको छ । राहदानीका लागि आवेदन दिएका आवेदकहरुले आप्mनो मोबाइल म्यासेज आएपछि विभागमा आउन अनुरोध गरेको छ ।

नियमित रुपमा राहदानी आवेदनका लागि अपोइन्टमेन्ट डेट बुक गरेका सेवाग्राहीहरु बुक गरेको मिति र समयमा बायोमेट्रिकको लागि विभागमा उपस्थित हुनको आग्रह गरेको छ ।