कृषि मन्त्रालयकाे अनुराेधमा उद्याेगीले फिर्ता गरे मूल्य वृद्धिकाे निर्णय


काठमाडाैं । तीन दिन अघि निजी डेरीले वृद्धि गरेकाेमा मंगलवार स्थगत गरिएकाे छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयकाे अनुराेधमा तत्कालका लागि मूल्य वृद्धिकाे निर्णय लागू गर्ने निर्णयबाट उद्याेगी पछि हटेका हुन्।

डेरी उद्याेग संघ सम्वद्ध उद्याेगीले किसानतर्फ प्रतिलिटर १२ रूपैयाँ र उपभाेक्तातर्फ प्रतिलिटर १४ रूपैयाँ वृद्धि गरेकाेकाे विषय विवादित बनेकाे थियाे ।

राष्ट्रिय दुग्ध विकास बाेर्ड, नेपाल डेरी एसाेसिएसन, केन्द्रीय दुग्ध सहकारी संघ, दुग्ध विकास संस्थान लगायतका संस्थाले मूल्यवृद्धि आवश्यक रहे पनि थप छलफल गरेर मात्र निर्णय गर्न पर्नेमा जाेड दिएका थिए ।

साेमवार मूल्यवृद्धिकाे निर्णय बाट पछि नहट्ने भन्दै संघले प्रेस विज्ञप्ति निकालेर अडान लिएकाे थियाे । मंगलवार मन्त्रालयमा भएकाे छलफलपश्चात संघले तत्कालका लागि मूल्यवृद्धि स्थगत भएकाे जनाएकाे छ ।

संघले मूल्यवृद्धि गरिएका उद्याेगलाइ मूल्य वृद्धि लागू नगर्न अनुराेध गरेकाे छ । मन्त्रालयसँग नयाँ दरभाउ निर्धारण गर्न अनुराेधसमेत गरिएकाे छ ।