पोखरा तथा पोखरा आसपासका क्षेत्रहरुमा जुनसुकै समयमा इन्टरनेट सेवा अवरुद्ध हुनसक्ने


काठमाडौं । पोखरा तथा पोखरा आसपासका क्षेत्रहरुमा जुनसुकै समयमा इन्टरनेट सेवा अवरुद्ध हुनसक्ने इन्टरनेट सर्भिस प्रोभाइडर्स एसोसिएसन अफ नेपाल (आइस्पान)ले जनाएको छ । आइस्पानका अनुसार पोखरामा इन्टरनेट सेवा प्रदायकहरुको मुख्य अपरेसन सेन्टरमा नेपाल विद्युत प्राधिकरणले छानेरै विद्युत विच्छेद गरेको छ ।

सेवा प्रदायकहरुले अपरेसन सुचारु गर्ने प्रयास गरे पनि सुचारु गर्न नसक्ने अवस्था आएको आइस्पानले उल्लेख गरेको छ । यसको सम्पूर्ण जिम्मेवारी नेपाल विद्युत प्राधिकरणले लिई क्षतिपूर्ती आइस्पानले दिनुपर्ने जनाएको छ ।

नेपाल विद्युत प्राधिकरणले ९६००(७०० प्रतिशतसम्म० आफूखुसी भाडा बढाएको आरोप आइस्पानले लगाएको छ । सेवा प्रदायकहरुले विद्युत महसुल नियमित रुपमा भुक्तानी गर्दै आइरहेको जनाएको छ । उपभोक्तामा असर पर्न नदिन राज्यले उच्च स्तरिय समिति गठन गरी प्रतिवेदन दिई घटेको भाडादरमा इन्टरनेट सेवा प्रदायकहरुसंग भाडा लिन नेपाल विद्युत प्राधिकरणलाई भनेको थियो । प्राधिकरणले बढेको भाडादरमै सम्झौता गर्न आउन गलत र गैर कानुनी ढङ्गले भाडा असुल गर्न खोजेको आरोप आइस्पानले लगाएको छ ।