अजोड र युनाइटेड इन्स्योरेन्स मर्ज हुने


काठमाडौं । अजोड इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्सले मर्जरमा जान प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गरेकाछन् । प्रभु र अजोड इन्स्योरेन्सबीच मर्जर सम्झौता तोडिएपछि अजोडले युनाइटेडसँग प्रारम्भिक सम्झौता गरेको हो ।

प्रभु र अजोडको मंगलबार सम्झौता भंग भएको थियो भने मंगलबारै युनाइटेडसँग सम्झौता गरेको हो । सम्झौतापत्रमा युनाइटेड इन्स्योरेन्सका सञ्चालक रविन्द्र राज पन्त र अजोडका सञ्चालक चिरञ्जिवी दावाले हस्ताक्षर गरेका हुन् ।

मर्जर पश्चात युनाइटेड र अजोडबीच स्वाप रेसियो १००ः९० हुने प्रारम्भिक सहमति भएको छ भने कम्पनीको नाम यूनाइटेड अजोड इन्स्योरेन्स हुने जनाइएको छ ।