नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकको एकीकृत कारोबार सुरु


काठमाडौं । नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकको एकीकृत कारोबार सुरु गरेको छ। नेपाल इन्भेष्टमेन्ट र मेगा बैंक मर्ज भएर बुधबारदेखि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नामबाट एकिकृत कारोबार सुरु गरेको हो ।

मर्जर पश्चात बैंकको कुल सम्पत्ति ४ खर्ब ७१ अर्ब, कुल पुँजी ५८ अर्ब, कुल निक्षेप ३ खर्ब ६० अर्ब, कुल कर्जा ३ खर्ब २९ अर्ब रहेको छ । बैंकको शाखा २९६, एक्सटेन्सन काउन्टर ५९, एटीएम २७९ वटा एटीएम रहने जनाइएको छ ।