बुटवल–भैरहवामा ‘नेक्सन ईभी रेन्ज टेस्ट २०२३’ सम्पन्न


काठमाडौँ । नेपालको लागि टाटा मोटर्स्को एकमात्र अधिकृत विक्रेता सिप्रदी ट्रेडिङ प्रा। लि। र टाटा मोटर्स् को सह–आयोजनामा “नेक्सन् इभी रेन्ज टेस्ट २०२३” प्रदर्शनात्मक कार्यक्रम बुटवल–भैरहवामा सम्पन्न गरेको छ ।

नेक्सन इभी रेन्ज टेस्ट २०२३ नाम दिइएको यस अभियानमा टाटा नेक्सन इभी हुने ग्राहकहरुको उल्लेख्य एवम् उत्साहजनक सहभागिता रहेको कम्पनीले जनाएको छ ।

कम्पनीकाअनुसार बुटवल–भैरहवा सडकमा ३९७ किमी सम्म नेक्सन ईभीको रेन्ज निकाल्न सफल सुवास खड्काले काठमाडौँको सलिम श्रेष्ठको ३४७ कि मि रेञ्ज लाई उछिन्दै ७६ को उत्कृष्ट वाट आवर निकाल्न सफल भई प्रथम भएका थिए । ३८७ किमि रेन्ज निकालेर गोपाल शर्मा दोश्रो हुन सफल भए। त्यसैगरी ३७८ किमि रेन्ज निकाल्न सफल सुवोध भट्टराई तेस्रो स्थानमा रहेका थिए ।

कार्यक्रम मार्फत उत्कृष्ट तरिकाले इभी चलाई अधिकतम रेन्जका आधारमा विद्युतिय इन्धन खपत गर्न सक्ने उत्कृष्ट सहभागीहरुलाई श्रेष्ठताको आधारमा वर्गीकरण गरी कम्पनीको तर्फबाट विभिन्न आकर्षक पुरस्कार एवम् प्रशंसा पत्र प्रदान गरिएको कम्पनीले जनाएको छ ।

प्रथम स्थान प्राप्त गर्न सफल सुवास खड्काले सम्मान पदक र प्रमाण पत्रका साथ सामसुग स्मार्ट एलईडि टिभी जितेको बताइएको छ। त्यसैगरी दोश्रो स्थानमा रहेका गोपाल शर्माले सामसँग ओभेन र तेश्रो स्थानमा रहेका सुवोध भट्टराईले एयर फ्रायर जितेका थिए ।

विद्युतिय गाडीहरूको उपयोगिता, प्रभावकारिता एवम् आर्थिक पक्षमा पार्ने सकारात्मक प्रभावहरुका बारेमा जनचेतना फैलाउने र विद्युतिय गाडीहरू प्रति ग्राहकवर्गको दुबिधालाई हटाइ यसबाट मिल्ने सुविधाको बारेमा विश्वस्त बनाउने उद्देश्यले यस किसिमको कार्यक्रमको आयोजना गरिएको कम्पनीका प्यासेन्जर भेहिकल प्रमुख शावन्त जंग सिजापतिले जानकारी गराए।

यही पौष ३० गते शनिबार, सिप्रदी ट्रेडिङ पथरडाँडाबाट समुद्घाटन गरिएको कार्यक्रम भैरहवा स्थित बुद्ध चोक, देवकोटा चोक, गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल हूदैै बुटवल बजार परिक्रमा गरी सिद्धार्थ कटेजमा पुगेर समापन गरिएको थियो। उक्त कार्यक्रममा ४० भन्दा बढी नेक्सन ईभीको सहभागिता रहेको कम्पनीले जनाएको छ ।