आइएमई पेले फेरि ल्यायो मोबाइल रिचार्जमा ५ प्रतिशत क्यास ब्याक


काठमाडौँ । आइएमई पेले मोबाईल रिचार्जमा ५% सम्मको क्यासब्याक अफर पुनः सुचारु गरेको छ । आइएमई पेले पौष ३० गतेबाट यो अफर पुनः सुरु गरेको हो ।

यस अफर मार्फत प्रयोगकर्ताहरुले आइएमई पे एप दर्ता गरेको मोबाईल नम्बरमा मोबाईल ब्यालेन्स रिचार्ज गर्दा ५% क्यासब्याक र अन्य कुनै मोबाईल नम्बरमा मोबाईल ब्यालेन्स रिचार्ज गर्दा २% क्यासब्याक पाउने जनाएको छ ।

कम्पनीले यस अफरको नियम तथा शर्त स्वरुप हरेक प्रयोगकर्ताहरुले १ महिनाको समय अन्तरालमा आफ्नो मोबाईल नम्बरमा ब्यालेन्स रिचार्ज गर्दा अधिकतम रू. १०० क्यासब्याक र अरु मोबाईल नम्बरमा ब्यालेन्स रिचार्ज गर्दा पनि अधिकतम रू. १०० क्यासब्याक प्राप्त गर्न सकिने उल्लेख गरेको छ ।