कृषि मन्त्री साहको पहिलोे निर्णयः ‘कृषि उत्पादन तथा लगानी दशक’ अभियान र बिमा अनुदानको डिजिटलाइजेसन


काठमाडौं । कृषि तथा पशुपन्छी मन्त्री ज्वाला कुमारी साहले मंगलवार पदभार ग्रहण गर्दै पहिलो दुई निर्णय गरेकी छिन्।

कृषि तथा पशुुपन्छी बिमामा प्रिमियम अनुदान कार्यक्रमलाई डिजिटलाइज गर्न रियल टाइम बेस सफ्टवयर मार्फत् बिमा गर्ने कृषकको विवरण राख्ने पहिलो निर्णय गरेकी छिन् ।

दोस्रो निर्णय आगामी आर्थिक वर्ष ०८०/८१ देखि ०८९/९० को दशकलाई कृषि उत्पादन तथा लगानी दशक अभियानको रुपमा सुरु गर्न सैद्धान्तिक सहमतिका लागि मन्त्री परिषद्मा पेश गर्न अर्थ मन्त्रालयको सहमतिका लागि पेश गर्ने रहेको मन्त्रालयका प्रवक्ता प्रकाश कुमार सञ्जेलले जानकारी दिए ।

मन्त्रालयका कृषि तथा पशुपन्छीका दुबै सचिव, सहसचिव लगायतको उपस्थितिमा कृषि क्षेत्रको अवस्था बारे प्रारम्भीक ब्रिफिङ गरिएको छ ।

मन्त्री साहले दाेस्राे पटक कृषि मन्त्रीकाे पदभार सम्हालेकी हुन् । यसअघि छाेटाे समयका लागि मन्त्रीकाे जिम्मेवारीमा थिइन् ।