१२ देखि १५ प्रतिशत आयात बढ्दा भुक्तानी सन्तुलन बिग्रन सक्छ : पूर्व अर्थमन्त्री खतिवडा


काठमाडौं । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले २० प्रतिशत आयात घटेर ४५ अर्ब विदेशी मुद्रा सञ्चिति हुँदैमा सन्तुष्टि लिन नहुने बताएका छन् ।

नेपाल चेम्बर अफ कमर्सले आज आयोजना गरेको अर्थतन्त्र अबको बाटो विषयक कार्यक्रममा बोल्दै खतिवडाले बढी पुँजी निर्माण गर्ने औद्योगिक कच्चा पदार्थ, पुँजीगत आयात २० प्रतिशतले घटेर ४५ अर्ब विदेशी मुद्रा सञ्चिति हुँदैमा सरकारले सन्तुष्टि लिन नहुने बताए ।

उनले अब १२ देखि १५ प्रतिशत आयात बढ्दा समेत भुक्तानी सन्तुलन बिग्रने चुनौती रहेको बताए । उनले नेपालको अर्थतन्त्रको जहाज झन्डै दुर्घटनामा परेको समेत बताए ।

सुरक्षित अवतरण गर्न खोज्दाखोज्दै बाहिर गएको अर्थतन्त्रको जहाजलाई अब क्रेनले तानेर रनवेमा ल्याउनुपर्ने अवस्थामा रहेको अर्थमन्त्री खतिवडाको भनाई थियो ।

पूर्वअर्थमन्त्री खतिवडाले रनवेबाट बाहिर गएको जहाजलाई राष्ट्र बैंकले सही ठाउँमा ल्याउन प्रयत्न गरिरहेको पनि उल्लेख गरे ।

पूर्व अर्थमन्त्री खतिवडाले दुई÷तीनवटा फ्याकटरहरु सही हुँदा नेपालको अर्थतन्त्र सही गति र दिशामा उड्नसक्ने अवस्थामा रहेको दाबी गरे ।

उनले हरेक क्षेत्रमा थप लगानी ल्याउनुभन्दा तत्कालीन क्षमता बढाउने योजना आवश्यक रहेको बताए । उनले ब्याजदर घटेर केही नहुने भन्दै नेपाललाई रोजगारी वृद्धि,निर्यात र उत्पादन वृद्धि गर्नुपर्ने आवश्यकता रहेको बताए ।

सरकारले ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेपनि ५ प्रतिशत आर्थिक वृद्धि गर्न सकिने पूर्व अर्थमन्त्री खतिवडाको भनाई छ ।

उनले भने,“ नेपालको अर्थतन्त्रको जहाज झन्डै दुर्घटनामा परेको थियो । धेरै चोटि बम्पिङ भएको हो । सुरक्षित अवतरण गर्न खोज्दाखोज्दै बाहिर गएको अर्थतन्त्रको जहाजलाई अब क्रेनले तानेर रनवेमा ल्याउनुपर्छ । राष्ट्र बैंकले एकातिरबाट तान्यो त्यही पनि असन्तुलन भइरहेको छ । अकोए दुईवटा चक्कासँगै तान्नुपर्ने भएको छ । रनवेमा ल्याइसकेपछि अनि टेकअफ गर्नुपर्ने कुरा आउँछ ।”