लक्ष्मी लघुवित्तले गर्‍यो लाभांश घोषणा


काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । बुधबार बसेको लघुवित्तको सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८र०७९ को नाफाबाट २० प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

लघुवित्तले बोनश सेयर १५ प्रतिशत र कर प्रयोजनको लागि ५ प्रतिशत नगद लाभांस गरी कुल २० प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव गरेको हो ।

लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।