नेप्सेमा सामान्य वृद्धि, एनआईसी एसिया बैंकको सर्वाधिक कारोबार


काठमाडौं । साताको अन्तिम कारोबार दिन आज सेयरबजार सामान्य अंकले बढेको छ । नेप्सेका अनुसार अनुसार आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक ५.७१ अंकले बढेर २१७८.८१ अंकमा पुगेको छ । नेप्से ०.२६ प्रतिशतले बढेको हो । सेन्सेटिभ परिसूचक पनि १.१५ अंकले बढेर ४१५.०५ अंकमा झरेको छ ।

आज नेप्सेमा कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ७ वटा उपसमूहको सेयर घटेको छ भने बाँकी ६ वटा उपसमूहको सेयर बढेको छ ।

बिहीबार कारोबार रकमका आधारमा एनआईसी एशिया बैंक लिमिटेडको सर्वाधिक कारोबार भएको छ । बैंकको १८ करोड ४ लाख ४४ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

बिहीबार आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । संस्थाको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै आज कुमारी धनवृद्धि योजनाको मूल्य सबैभन्दा धेरै घटेको छ । उक्त फण्डको मूल्य ८।८९ प्रतिशतले घटेर ९ रूपैयाँ २ पैसामा झरेको छ ।

कूल २४६ वटा कम्पनीको ८२ लाख ४७ हजार ६ सय ४६ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ४ करोड ४५ लाख २९ हजार ३ सय २९ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।