वस्तु आयातमा नगद मार्जिन हट्यो


काठमाडौं । नेपाल राष्ट्र बैंकले आयातमा नगद मार्जिनको व्यवस्था हटाएको छ । राष्ट्र बैंकले परिपत्र जारी गर्दै १३ महिनापछि सबै वस्तुको नगद मार्जिन हटाएको हो ।

नेपाल राष्ट्र बैंकले वस्तु आयातको लागि ५० देखि शतप्रतिशतसम्म नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो । विदेशी विनिमय सञ्चिती घट्दै गएपछि राष्ट्र बैंकले नगद मार्जिनको व्यवस्था गरेको थियो ।