ज्योति विकास बैंकको नाफामा गिरावट, निष्क्रिय कर्जा ३.५२ प्रतिशतमा पुग्यो


काठमाडौं । ज्योति विकास बैंकको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नाफामा गिरावट आएको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तिय विवरण अनुसार दोस्रो त्रैमासमा बैंकले ३ करोड ४७ लाख रुपैयाँ मुनाफा कमाएको छ।

गत वर्ष सोही अवधीमा बैंकले ३४ करोढ ४० लाख रुपैयाँ नाफा कमाएको थियो । जस अनुसार यस वर्ष समिक्षा अवधीमा बैंकको मुनाफा ८९.९० प्रतिशतले घटेको छ ।

गत वर्ष समीक्षा अवधीमा ४९ करोड १३ लाख कम्पनी संचालन मुनाफा कमाएको बैंकले यस वर्ष सोही अवधीमा ४ करोड ९६ लाख रुपैयाँ मुनाफा कमाएको छ । गत वर्षको तुलनामा यस वर्ष बैंक संचालन मुनाफा पनि ८९.८९ प्रतिशतले घटेको छ ।

समीक्षा अवधिसम्म बैंकले १ अर्ब १५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत वर्ष यही अवधिमा बैंकको यस्तो आम्दानी ९१ करोड ८४ लाख रुपैयाँमा सीमित थियो। यो हिसाबले ब्याज आम्दानी २५.३६ प्रतिशतले बढेको छ।

यो अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ३३ करोड ३ लाख रुपैयाँले ऋणात्मक रहेको छ।

चुक्तापुँजी ४ अर्ब २६ करोड रुपैयाँ रहेको बैंकको रिजर्भको आकार ३३.९९ प्रतिशतले बढेर १ अर्ब ३९ करोड रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष यही अवधिसम्म रिजर्भमा १ अर्ब ४ करोड रुपैयाँ रहेको थियो।

समीक्षा अवधिसम्म बैंकले ५५ अर्ब ८० करोड रुपैयाँ निक्षेप संकलन गरी ४८ अर्ब ५० करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। गत वर्ष यही अवधिसम्म बैंकले ५३ अर्ब ७४ करोड रुपैयाँ निक्षेप संकलन गरी ४८ अर्ब ६५ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।

बैंकको निष्क्रिय कर्जा (एनपीएल) बढेर ३.५२ प्रतिशत पुगेको छ। गत वर्ष यही अवधिसम्म एनपीएल २.०५ प्रतिशत थियो।

समीक्षा अवधिमा बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) घटेर १.६३ रुपैयाँ कायम भएको छ। गत वर्ष यही अवधिमा ईपीएस १६.१२ रुपैयाँ रहेको थियो। पीई रेसियो १९३.८६ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १३३.।३० रुपैयाँ रहेको छ।