राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. मीनबहादुर श्रेष्ठ नियुक्त


काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. मीनबहादुर श्रेष्ठ नियुक्त भएका छन् ।

उनलाई सोमबार दिउँसो प्रधानमन्त्री एवं आयोगका अध्यक्ष पुष्षकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।

माओवादीनिकट मानिने श्रेष्ठ यसअघि २०७३ सालमा प्रचण्ड प्रधानमन्त्री भएका बेला पनि योजना आयोगको उपाध्यक्ष थिए ।

नेपाल राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागका पूर्व कार्याकारी निर्देशक समेत रहेका श्रेष्ठले अष्ट्रेलियाको युनिभर्सिटी अफ ओलङगोङबाट अर्थशास्त्रमा पिएचडी गरेका छन् । नेपालको त्रिभुवन विश्वविद्यालयबाट एमपीए, बिएल र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका उनी म्याग्दीको सिंगामा जन्मिएका हुन्।