आयात २० प्रतिशतले घट्दा, निर्यात ३२ प्रतिशतले घट्यो


काठमाडौं । आर्थिक वर्ष २०७८/७९ को पहिलो ६ महिनाको तुलनामा आर्थिक वर्ष २०७९ ८० को पुससम्म आयात निर्यात घटेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष ७८ ७९ को ६ महिनाको तुलनामा आर्थिक वर्ष २०७९/८० को पहिलो ६ महिनामा आयात २०.६८ प्रतिशतले घटेको छ भने निर्यात ३२.०२ प्रतिशतले घटेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको ६ महिनाको तथ्यांकले आयात र निर्यातनै घटेको देखाएको हो ।

आर्थिक वर्ष २०७८/७९ को पहिलो ६ महिनामा ९ खर्ब ९९ अर्ब ३४ करोड २७ लाख रुपैँया बराबरको आयात भएको थियो भने चालू आर्थिक वर्षको ६ महिनामा ७ खर्ब ९२ अर्ब ६६ करोड ६२ लाख रुपैँया बराबरको आयात भएको छ ।

आर्थिक वर्ष २०७८ ७९ को पहिलो ६ महिनामा १ खर्ब १८ अर्ब ८५ करोड ९ लाख रुपैँया बराबरको निर्यात हुँदा ८० अर्ब ८० करोड ७४ लाख रुपैँया बराबर निर्यात भएको भन्सार विभागले जनाएको छ ।