नेप्सेमा झिनो गिरावट, ४ कम्पनीको सेयरमूल्यमा सकरात्मक सर्किट


काठमाडौं । साताको अन्तिम कारोबार दिन आज सेयर बजार स्थिर रहेको छ । नेप्से परिसूचक स्थिर हुँदा कारोबार रकम पनि घटेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक ०.३५ अंकले घटेर २१८३.२७ अंकमा छ । नेप्से ०.०२ प्रतिशतले घटेको हो । यता, सेन्सेटिभ परिसूचक पनि १.११ अंकले घटेर ४१३.१३ अंकमा पुगेको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ६ वटा उपसमूहको सेयर बढेको छ भने बाँकी ७ वटा उपसमूहको सेयर घटेको छ ।

त्यसैगरी, बिहीबार समृद्धि फाइनान्स कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ९ करोड ७० लाख ९५ हजार रूपैयाँ बराबरको कारोबार भएको छ ।

बिहीबार नेप्सेमा लुम्बिनी जनरल इन्स्योरेन्स, आदर्श लघुवित्त, बाराही हाइड्रोपावर र सूर्यज्योति लाइफ इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यी चारै कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

यस दिन समृद्धि फाइनान्स कम्पनी लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ । कम्पनीको सेयरमूल्य ७.६८ प्रतिशतले घटेको छ ।

कूल २५४ वटा कम्पनीको ७७ लाख ६४ हजार एक सय ५३ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ८६ करोड ८२ हजार ८ सय ३९ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।