भ्रष्टचार सूचांकमा नेपाल ११० औं स्थानमा


काठमाडौं । नेपालले भ्रष्टाचार सूचांकमा केही सुधार भएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआर्ई) ले मंगलबार सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकाङ्कमा नेपालले ३४ अंक प्राप्त गरेको छ ।

टीआईको तथ्यांक अनुसार सन् २०२२ को भ्रष्टाचार अवधारणा सूचकांकमा नेपाल, १०० मध्ये ३४ अंक प्राप्त गरी भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीको ११० औं स्थानमा रहेको छ । सन् २०२१ मा नेपालले ३३ अंक प्राप्त गरी १ सय १७ औं स्थानमा रहेको थियो ।
यस वर्षको सूचकाङ्कमा डेनमार्क ९० अङ्क प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक र सोमालिया १२ अङ्क प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकका रुपमा सूचीकृत भएको टीआईले जनाएको छ ।

सूचकांकमा १०० अंकले अति स्वच्छ र शून्य अंकले अति भ्रष्ट भन्ने जनाउँछ भने ५० भन्दा कम अंक प्राप्त भएमा बढी भ्रष्टाचार हुने मुलुकका रुपमा मानिने तथ्यांकमा उल्लेख गरिएको छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनलका अनुसार यस वर्षको औसत अंक ४३ रहेको र विश्वका दुई तिहाइ मुलुकमा भ्रष्टाचार गम्भिर समस्याको रुपमा रहेकोे छ ।