सिटिजन्स बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुन: दोहोरिए पोखरेल


काठमाडौं । सिटिजन्स बैंकको सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा गणेशराज पोखरेललाई नियुक्त गरेको छ । बुधबार बसेको सञ्चालक समितिको बैठकले पोख्रेललाई पुन प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

पोखरेलले त्रिभुवन विश्वविद्यालयबाट मार्केटिङमा स्नातकोत्तर, कानुनमा स्नातक तथा काठमाडौं विश्वविद्यालयबाट वित्त व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका छन् ।

हाल देशैभरी बैंकका १८२ शाखा कार्यालय, ३ विस्तारित काउण्टर, १३५ एटिएम, ९७ शाखा रहित बैंकिङ इकाई र २० माइक्रोफाइनान्स इकाईबाट सेवा प्रदान गर्दै आईरहेको छ ।