बिहीबार नेप्से परिसूचक २२ अंकले घट्यो


काठमाडौं । हिजो झिनो अंकले बढेको सेयरबजार साताको कारोबारको अन्तिम दिन आज दोहोरो अंकले घटेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज ९बिहीबार० सेयर कारोबार मापक नेप्से परिसूचक २२.१२ अंकले घटेर २०९४.५४ अंकमा झरेको छ । नेप्से १.०४ प्रतिशतले घटेको हो । यता सेन्सेटिभ परिसूचक पनि २.७४ अंकले घटेर ३९८.४२ अंकमा झरेको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै वटा उपसमूहको सेयर घटेको छ । सबैभन्दा धेरै लाइफ इन्स्योरेन्स समूह घटेको हो ।

नेप्सेमा बिहीबार स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेडको सर्वाधिक कारोबार भएको छ । बैंकको १० करोड १३ लाख ९१ हजार रूपैयाँ बराबरको कारोबार भएको छ ।

आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । संस्थाको सेयरमूल्य १० प्रतिशतले बढेको छ ।

त्यस्तै सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ । उक्त संस्थाको मूल्य ५.८० प्रतिशतले घटेको छ ।

कूल २५७ वटा कम्पनीको ५८ लाख ९८ हजार ९ सय ३ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ९ करोड ६४ लाख १९ हजार एक सय ६१ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।