साताको सेयरबजार : खस्कियो लगानीकर्ताको मनोबल, बजार पुँजीकरण १ खर्बले घट्यो


यो साता सेयरबजारका लागि त्यति सुखद् बनेको देखिएन । साताको कारोबारको ५ दिन मध्ये एक दिन मात्रै नेप्से परिसूचक झिनो अंकले बढेको छ । अघिल्लो साता बजारमा उतारचढाव आएपनि कारोबार रकमले बलियो साथ दिएको थियो भने याे साता कारोबार रकममा समेत गिरावट आएको छ ।

देशको राजनीतिमा चलिरहेको अस्थिरताका कारण पनि लगानीकर्ताले ढुक्क भएर लगानी गर्ने वातावरण सृजना नहुँदा लगानीकर्ताको मनोबल खस्किएको जानकारहरु बताउँछन् ।

पछिल्लो समय निर्वाचन पछि नयाँ सरकार गठन भएसँगै लगानीकर्ताहरुमा उमंग छाएको थियो । सरकार गठन भएको एक सातामै सेयरबजार २ सय भन्दा बढि अंकले बढेको थियो ।

सेयरबजारलाई भाग्यमानी सावित भएका विष्णु पौडेलले अर्थमन्त्रालयको जिम्मेवारी सम्हालेसँगै बजारमा हरियाली छाएको थियो । तर विडम्बना सरकार गठनको एक महिना नपुग्दै गृहमन्त्रिको वर्हिगमन भयो । यो सँगै राष्टपति निर्वाचन नजिकिँदै गर्दा प्रधानमन्त्रीले हालको सत्ता गठबन्धनलाई निरन्तरता दिने आशंकका ज्यादै न्यून देखिएको हुँदा सरकार परिर्वतन हुने डरले लगानीकर्ता निराश बनेको सेयरबजारका विज्ञहरु बताउँछन् ।

उनिहरु भन्छन् ‘सरकार परिर्वतन भयो र अर्थमन्त्रालयमा अरु कोही आयो भने जनार्दन शर्माको कार्यकालमा खेपेको वियरिस फेरी खेप्नुपर्ने हुन्छ ।’

साताको पहिलो कारोबारको दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १४.६८ अंकले घटेर २१६८.५३ अंकमा थियो । यस दिन नेप्से ०.६७ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि २.८३ अंकले घटेर ४१०.३१ अंकमा झरेको थियो ।
यस दिन अनुसार कारोबार भएका १३ उपसमूहमध्ये २ वटा उपसमूहको सेयर बढेको छ बाँकी सबै उपसमूहको सेयर घटेको थियो ।

नेप्सेका अनुसार आइतबार कूल २६७ वटा कम्पनीको ८२ लाख ७६ हजार ७ सय ५१ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब एक करोड ७० लाख ६३ हजार रूपैयाँ बराबरको कारोबार भएको थियो ।

सोमबार नेप्से परिसूचकमा भारी अंकको गिरावट आयो । यस दिन नेप्से ४१.०१ अंकले घटेर २१२७.५२ अंकमा झरेको थियो । नेप्से १.८९ प्रतिशतले घटेको हो । यता सेन्सेटिभ परिसूचक पनि ७.३३ अंकले घटेर ४०२.९८ अंकमा झरेको थियो ।
यस दिन नप्सेमा कारोबार भएका कूल १३ उपसमूहमध्ये सबै उपसमूहको सेयर घटेको थियो ।

नेप्सेका अनुसार यस दिन कूल २५६ वटा कम्पनीको ८८ लाख ३६ हजार ४ सय ८८ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ३० करोड २२ लाख एक हजार ८ सय २५ रूपैयाँ बराबरको कारोबार भएको थियो ।

कारोबारको तेस्रो दिन मंगलबार पनि नेप्से परिसूचक दोहोरो अंकले घट्यो यस दिन नेप्से १५.७४ अंकले घटेर २१११.६३ अंकमा झरेको छ । नेप्से ०.७४ प्रतिशतले घटेको हो । त्यस्तै यस दिन सेन्सेटिभ परिसूचक पनि २.३८ अंकले घटेर ४००.६० अंकमा झरेको थियो ।

मंगलबार नेप्सेमा कारोबार भएका कूल १३ उपसमूहमध्ये हाइड्रोपावरबाहेक बाँकी सबै उपसमूहको सेयर घटेको छ ।
नेप्सेका अनुसार यस दिन कूल २५९ वटा कम्पनीको ७५ लाख ५३ हजार २ सय ३५ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ८२ करोड ४५ लाख ४० हजार ४ सय ६ रूपैयाँ बराबरको कारोबार भएको छ ।

साताको कारोबारको चौथो दिन भने नेप्से परिसूचक झिनो अंकले बढेको छ । यस दिन नेप्से परिसूचक ४.९७ अंकले बढेर २११६.६६ अंकमा पुगेको छ । यस दिन नेप्से परिसूचक ०.२४ प्रतिशतले बढेको छ ।

यस दिन नेप्सेका अनुसार कुल २५९ वटा कम्पनीको ४३ लाख ३० हजार ५ सय ९ कित्ता कारोबार हुँदा १ अर्ब ७५ करोड २१ लाख ६५ हजार ५ सय ३४ रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै साताको कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचक २२.१२ अंकले घटेर २०९४.५४ अंकमा झरेको थियो । नेप्से १.०४ प्रतिशतले घटेको छ । यता सेन्सेटिभ परिसूचक पनि २.७४ अंकले घटेर ३९८.४२ अंकमा झरेको छ ।

नेप्सेका अनुसार बिहीबार कारोबार भएका कूल १३ उपसमूहमध्ये सबै वटा उपसमूहको सेयर घटेको छ ।

बिहीबार कूल २५७ वटा कम्पनीको ५८ लाख ९८ हजार ९ सय ३ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ९ करोड ६४ लाख १९ हजार एक सय ६१ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

त्यस्तै साताको कारोबारको ५ दिनमा लगानीकर्ताले सेयरबजारबाट १ खर्ब ६ अर्ब ७८ करोड ८ लाख १० हजार रुपैयाँ गुमाएका छन् ।
साताको पहिलो दिन आइतबार ३१ अर्ब ३९ अर्ब ३० करोड ८५ लाख रुपैयाँ रहेको बजार पुँजीकरण साताको कारोबारको अन्तिम बिहीबार ३० खर्ब २ अर्ब २५ करोड २७ लाख ६९ हजार रुपैयाँमा झरेको छ ।