रहेनन् नेपालका पहिलो गभर्नर राणा


काठमाडौँ। नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालय शमशेर जबराको ९५ वर्षको उमेरमा मृत्यु भएको छ।

आइतबार बिहान ६ बजेर ३० मिटेनमा नर्भिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। हिमालयन बैंक लिमिटेडका समेत संस्थापक रहेका राणा नेपाल सरकारको सचिव हुँदै नेपाल राष्ट्र बैंकको पहिलो गर्भनर बनेका थिए ।
 तत्कालीन समयमा अर्थसचिव रहेका राणालाई २०१३ साल वैशाख १० गते गभर्नरमा नियुक्त गरि २०१३ साल वैशाख १४ गते नेपाल राष्ट्र बैंकको स्थापना भएको थियो ।