कुमारी बैंकका ग्राहकलाई माइकल ग्रिल्समा १०% सम्म छुट


काठमाडौं । कुमारी बैंक लिमिटेडका ग्राहकले माइकल ग्रिल्स प्रा.लि. मा डिजिटल कारोबार गर्दा छुट पाउने भएका छन् । कुमारी बैंक र माइकल ग्रिल्स बिच कुमारी बैंकका ग्राहकले १०% सम्मको छुट प्राप्त गर्ने सम्झौता भएको छ ।

डिजिटल कारोबारमा ग्राहकहरूलाई प्रोत्साहन गर्न कुमारी बैंकले सहकार्य गरेको जनाएको छ । सहकार्य पश्चात् कुमारी बैंकका डेबिट÷क्रेडिट कार्ड वाहकहरु तथा मोबाइल बैंकिंग प्रयोगकर्ताहरुले माइकल ग्रिल्स प्रा।लि को मध्य बानेश्वर, पेप्सीकोला, गैरीधारा र इमाडोल आउटलेटमा विभिन्न सेवा सुविधा उपभोग गर्दा लाग्ने शुल्कमा १०% सम्मको छुट पाउने छन् ।

कुमारी बैंकका देशभर ३०४ शाखा, ३४५ एटिएम, ६२ शाखारहित बैंकिङ्ग तथा ४८ एक्सटेन्सन काउन्टरबाट बैंकिङ्ग सेवा दिँदै आइरहेको छ ।