नेप्सेमा ७ अंकको गिरावट कारोबार रकम भने साढे ३ अर्ब माथि


काठमाडौं । कारोबारको तेस्रो दिन भारी अंकले उछाल आएको सेयरबजारमा चौथो दिन भने गिरावट आएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक ७.१३ अंकले घटेर २१७०.२१ अंकमा झरेको छ । राम्रा र बलिया कम्पनीको सेन्सेटिभ परिसूचक पनि ०।८७ अंकले घटेर ४१४ अंकमा झरेको छ ।

नेप्सेका अनुसार आज कारोबार भएका १३ उपसमूहमध्ये अन्य बाहेक बाँकी सबै वटा उपसमूहको सेयर घटेको छ ।

बुधबार नेप्सेमा कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ११ करोड २८ लाख ६७ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

आजको दिन नेप्सेमा तेह्रथुम पावर कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ३.३२ प्रतिशतले बढेको छ ।

त्यस्तै आज आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । संस्थाको सेयरमूल्य ५.१४ प्रतिशतले घटेको छ ।

कूल २५७ वटा कम्पनीको एक करोड ५ लाख २ हजार ६ सय ४९ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ६९ करोड १९ लाख ७२ हजार ८ सय १७ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।