फागुन महिनामा व्याजदर नबढाउने बैंकर्स एसोसिएसनको निर्णय


काठमाडौं । वाणिज्य बैंकहरुले फागुन महिनामा आफ्नो ब्याजदर स्थिर राख्ने भएका छन् । नेपाल बैंकर्स एसोसिएसन (एनबीए)को आज बसेको बैठकले फागुन महिनामा व्याजदर स्थिर राख्ने निर्णय गरेको हो ।

माघमा कायम निक्षेपको ब्याजदरलाई फागुनमा पनि निरन्तरता दिने भएको जनाइएको छ । अहिलेको अवस्थामा निक्षेपको ब्याजदर घटाउनुपर्ने नदेखिएकोले स्थिर राख्ने बैंकहरुबीच सहमति भएको स्रोतले बतायो ।

एनबीएले माघ महिनामा व्यक्तिगततर्फ मुद्दति निक्षेपको पुसमा कायम ब्याजदर ९.३३८ प्रतिशतले घटाउने निर्णय गरेको थियो । जस अनुसार माघमा व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ११ प्रतिशत, रेमिट खाताको चाहीँ १२ प्रतिशत र तीन महिना वा सो भन्दा बढी अवधिको संस्थागत मुद्दति निक्षेपको ब्याजदर ९ प्रतिशत कायम गरिएको छ ।

ब्याजदर प्रकाशित गर्न आइतबासम्मको समय रहेको जनाइएको छ । बैठकमा एनबीए कार्यसमिति सदस्य र बैंकका प्रमुख कार्यकारी अधिकृतहरु सहभागी थिए।