अभियान लघुवित्तले दियो वित्तीय साक्षरता तालिम


काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले ग्रामीण भेगका महिलालाई वित्तीय साक्षरता तालिम प्रदान गरेको छ । लघुवित्तले पुर्नवास नगरपालिका वडा नं ४ (घ) गाँउका संस्थामा आवद्ध महिला सदस्यहरुलाई श्री दुर्गा मा. बि. मा वित्तीय साक्षरतासम्बन्धी तालिम प्रदान गरेको हो ।

आई.बि.आर.डी. शाखाको आयोजनामा ‘पेवा बचत हाम्रो बचत’ भन्ने नाराका साथ वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न गरिएको छ ।

भुरीगाँउ अनुगमन कार्यालय प्रमुख मधु सुदन निरौलाले वित्तीय सस्थाको कार्य, महत्व, लघुवित्तको इतिहास, कार्यहरु, सेवाहरु, बिमाको महत्व, रेमिट्यान्स सेवाको परिचय, बचतको महत्व, किन बचत गर्नुपर्छ, लघुवित्त सस्थाले उपलब्ध गराउने धितो तथा बिनाधितो कर्जाको प्रक्रिया, कर्जा भुत्तानीको तरिका, कर्जा सदुपयोगिताको महत्व, कर्जा सुचना केन्द्रको कार्य, ऋणी कालो सुचिमा पर्दा हुन सक्ने समस्या र ग्रामिण क्षेत्रमा आत्मनिर्भर हुन कसरी लघु उधम गर्ने, आफ्नो लघु व्यवसाय व्यावसायिक बिकास गरी आम्दानी वृद्धी गराउने र लघु बिमाको महत्व बारे प्रशिक्षण दिएका थिए ।

३५ जना महिलाहरुको सहभागिता रहेको तालिममा आई.बि.आर.डी. शाखा प्रमुख यशोदा सिंह थापाले संस्थाको परिचय, शाखाको गतिबिधि तथा सेवा प्रवाह बारे जानकारी दिइन् । तालिमका सहभागी महिलाले साक्षरता कार्यक्रमबाट आफुहरुलाई वित्तीय ज्ञान वृद्धिमा गर्न सहयोग मिलेकोले दिगो व्यवसायिक कार्यको लागि घर गाँउमा व्यवसायिक बाख्रापालन तालिम संचालन गर्न अनुरोध गरेका थिए