आइतबार नेप्सेमा ६० अंकको गिरावट, कारोबार रकम भने ३ अर्ब माथि


काठमाडौं । साताको कारोबारको पहिलो दिन सेयरबजारमा भारी अंकको गिरावट आएको छ । सोमबार नेप्से परिसूचक ६० अंकले घट्दा कारोबार रकम कारोबार रकम भने घटेको छैन् ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार सेयर मापक सूचक नेप्से परिसूचक ६०.७७ अंकले घटेर २१२१.८६ अंकमा झरेको छ । त्यस्तै राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक पनि १०.९९ अंकले घटेर ४०४.४३ अंकमा झरेको छ ।

नेप्सेमा कारोबार भएको सबै १३ वटै उपसमुहहरुको सेयर घटेको छ ।

आइतबार कारोबार रकमका आधारमा हिमालयन डिस्टीलरीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको १४ करोड ३७ लाख ६८ हजार ८ सय ९५ रुपैयाँको कारोबार भएको छ ।

नेप्सेमा आजको दिन खप्तड लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । संस्थाको सेयर ४.४८ प्रतिशतले घटेको छ ।

त्यस्तै आज न्याग्दी ग्रुप पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यस दिन कम्पनीको सेयरमूल्य ६.६० प्रतिशतले घटेको छ ।

कुल २५३ कम्पनीको ८१ लाख ३९ हजार ८ सय ४० कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४ करोड ७७ लाख ३८ हजार ८ सय १२ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।