बालाजु क्षेत्रमा यातायात मजदुरको आन्दोलन (फोटोफिचर)


काठमाडौँ । ट्राफिक प्रहरीले अनावश्यक दुःख दिएको भन्दै आन्दोलनरत बालाजु क्षेत्रका यातायात मजदुरले प्रहरीको भ्यानमा आगजनी गरेका छन्।

अन्दोलनकारीहरुले मुल सडकमै प्रहरीको एउटा गाडी जलाएका थिए भने अर्को एउटा गाडी तोडफोड गरेर सडकमै लडाइदिएका हुन्।

प्रदर्शनकारीले प्रहरीले सडकमा राखेको डिभाइडर पनि जलाइदिएका थिए । आइतबार दिनभर यातायात मजदुरहरुले ट्राफिक जरिवाना महँगो भएको भन्दै बालाजु क्षेत्रमा सडक बन्द गरेर आन्दोलन गरेका हुन् ।

आन्दोलनकारीले बालाजु चोक, माछापोखरी, बसपार्क क्षेत्रमा निजी सवारी साधनसमेत चल्न दिएका थिएनन् । सोमबार उपत्यकामा सार्वजनिक यातायात ठप्प पार्ने बताइएको छ ।

तस्बिरहरु: नितेश शर्मा