सरकार र यातायात मजदुरबिच पाँच बुँदे सहमति


काठमाडौँ । सरकार र यातायात मजदुरबीच पाँच बुँदे सहमति भएको छ । आज बिहान सिहंदरबारमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग भएको वार्तामा ५ बुँदे सम्झौता भएको हो ।

आन्दोलनकारी र मन्त्रालयबीच भएको सम्झौताअनुसार आन्दोलनका क्रममा लुटपाट र आक्रमणमा संलग्न दोषीलाई कारबाही गर्ने सहमति समेत भएको छ ।

त्यस्तै यातायात मजदुरहरुले काठमाडौँ उपत्यकामा गरेको सार्वजनिक यातायात बन्द फिर्ता लिएका छन् । आज बिहान सिहंदरबारमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग भएको वार्तामा सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिने समझदारी भएको हो ।