घरेलु मेलाको रौनक (फोटोफिचर)


काठमाडौँ । १६ औं अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव र छैठौं प्राङ्गारिक कृषि मेला हिजोबाट (मंगलबार) काठमाडौँकाे भृकुटीमण्डपमा सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले उक्त मेलाको उद्धघाटन गरेका हुन् ।

मेलाको उद्धघाटन गर्दै प्रधानमन्त्री दाहालले स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल घरेलु उद्योग महासंघले हरेक वर्ष आयोजना गर्दै आएका यस्ता कार्यक्रमहरु कोभिड १९ का कारण केही अवरोध भएतापनि पुन: सुरु गरेकाले सफलताको शुभकामना समेत व्यक्त गरेका थिए ।

त्यस्तै दाहालले लामो समयदेखिको अस्थिरता तथा महामारीको कारण बैंकिङ क्षेत्रमा देखिएको तरलता अभावले सिर्जना गरेको लघु घरेलु तथा साना उद्योगमा थप लगानी गर्ने पुजिँको अभावलाई सरकारले समाधान गर्न विशेष पहल गरेको र आउने दिनमा ठोस रुपमा अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

प्रदर्शनीमा १५० वटा स्टलको व्यवस्था हुने र दुई लाख भन्दा बढी अवलोकनकर्ताहरूले मेलाको अवलोकन गर्ने अपेक्षा गरिएको छ भने सात करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने प्रक्षेपण गरिएको आयोजकले जनाएको छ ।