बुधबारपनि नेप्सेको गिरावट कायमै


काठमाडौं । साताको कारोबारको चौथो दिन पनि सेयरबजारमा गिरावट कायमै रहेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार नेप्से परिसूचक १३ अंकले घटदा कारोबार रकममा समेत गिरावट आएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार सेयरमापक सूचक नेप्से परिसूचक १३.९० अंकले घटेर २०९१.५६ अंकमा झरेको छ । त्यस्तै सेन्सेटिभ परिसूचक पनि १.५५ अंकले घटेर ४००.१४ अंकमा झरेको छ ।

नेप्सेमा आज कारोबार भएका कुल १३ उपसमुहमध्ये १२ वटा उपसमुहको सेयर घटेको छ भने एउटा उपसमुहको सेयर बढेको छ ।
बुधबार नेप्सेमा कारोबार रकमका आधरमा अपि पावर लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ६ करोड २० लाख ९ हजार ३ सय ३ रुपैयाँको कारोबार भएको छ ।
आजको दिन नेप्सेमा यूनिलिभर नेपालका लगानीकर्ताले सबैभन्दा धेरै मुनाफा गरेका छन् । कम्पनीको सेयरमूल्य ८.५४ प्रतिशतले बढेको छ ।
त्यस्तै आज नेप्सेमा गरिमा डिबेन्चर–२०८५ का लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । डिबेन्चरको मूल्य ९.९७ प्रतिशतले घटेको छ ।
कुल २५६ कम्पनीको ४८ लाख १५ हजार १ सय २० कित्ता सेयर किनबेच हुँदा १ अर्ब ७३ करोड २५ लाख ७५ हजार २ सय २ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।