लुम्बिनी जनरल इन्स्योरेन्सद्वारा छात्रवृत्ति प्रदान


काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सले काठमाडौंको मिनभवनस्थित विश्व शान्ति बिहारमा रहेको विश्व शान्ति बौद्ध शिक्षालयमा भिक्षु शिक्षामा अध्ययनरत १० जना विद्यार्थीहरुलाई छात्रवृति प्रधान गरेको छ ।

कम्पनीले प्रति विद्यार्थी बार्षिक १२ हजार रुपैँयाको दरले १ लाख २० हजार रुपैँया बराबरको छात्रवृत्ति प्रदान गरेको हो ।

कम्पनीले गत माघ २२ गते निधन भएका आफ्ना संस्थापक अध्यक्ष हिमालय शमशेर राणाको १२औं दिनको पुण्यतिथिका अवसरमा उनको स्मृतिमा छात्रवृत्ति प्रदान गरेको जनाएको छ।

कार्यक्रममा स्व. राणाको जीवनी, उनलेले देशलाई पुर्याएको योगदानको चर्चा गर्नुको साथै दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै बौद्ध धर्मगुरु तथा भिक्षुहरुले उनको गुणहरुको सम्झना गर्दे गुणानुस्मृति र परित्राण पाठ गर्दै अन्त्यमा पुण्यानुमोदन गरिएको थियो ।