काठमाडौँ । सोमबार छापावाल सुनको मूल्य तोलामा एक हजार ३०० रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ३ लाख ५ हजार २०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य सोमबार ३ लाख ३ हजार ९०० रूपैयाँ कायम रहेको छ ।
यस्तै, चाँदीको मूल्य प्रतितोला १० रूपैयाँले बढेर ४ हजार ८०५ रूपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्