बिहीबार नेप्से परिसूचक २१ अंकले घट्यो


काठमाडौं । साताको कारोबारको अन्तिम दिन पनि सेयरबजारमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार नेप्से परिसूचक २१.१५ अंकले घटेर २०७०.४१ अंकमा पुगेको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक पनि ३.७० अंकले घटेर ३९६.४४ अंकमा पुगेको छ ।

बिहीबार नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये सबै उपसमुहको सेयर मूल्य घटेको छ। लाइस इन्स्योरेन्स उपसमुह सबैभन्दा धेरै १.९३ प्रतिशतले घटेको छ ।

नेप्सेमा आज कारोबार रकमका आधारमा हिमालयन डिष्टिलरीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ५ करोड ३८ लाख २७ हजार ५ सय ४९ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा सानिमा लार्ज क्याप फण्डका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । फण्डको मूल्य ७.६५ प्रतिशतले बढेको छ ।

त्यस्तै आज यूनिलिभर नेपालका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ५.९१ प्रतिशतले घटेको छ ।

कुल २५६ कम्पनीको ४७ लाख ४७ हजार ५ सय ६७ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ६८ करोड ४९ लाख ४२ हजार ९६ रुपैयाँको कारोबार भएको छ ।