पशुपतिनाथमा भक्तजनभन्दा बाबा धेरै (फोटो फिचर)


शिवरात्री सुरु हुन दुई दिन मात्र बाँकी रहँदा पशुपतिनाथमा जोगी, बाबाहरुको घुँइचो बढेको छ । बिहीबार पशुपतिनाथ परिसरमा भक्तजनभन्दा बढीको संख्यामा जोगी, बाबाजीहरु देखिएका छन् । मन्दिर अगाडीको प्राङ्गन लगायतको क्षेत्रमा एकल र परिवारसहितका जोगीहरु लाइन लागेर भीख मागिरहेका छन् । एकाध जनालाई भीख दिँदा धेरैले घेर्ने गरेकोसमेत देखियो । बनकाली क्षेत्रमा भने बाहिरबाट आएका बाबाहरु आआफ्नो तरिकाले बसोबास गर्न थालेका छन् । अघिल्लो दिनदेखि चहलपशल बढ्न थाल्ने तथा शिवरात्रीका दिन थामिनसक्नुको घुँइचो लाग्ने गरेको छ ।

तस्बिरः पुष्पा पाल/टक्सार