सट्टेबाजीमा संलग्न भएको आरोपमा एक जना पक्राउ


काठमाडौं । सट्टेबाजीमा संलग्न भएको आरोपमा एक नेपालीलाई प्रशरीले पक्राउ गरेको छ ।

काठमाडौंको कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको खेलमा सट्टेबाजीमा संलग्न भएको आशंकामा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ ।

नेपाल र स्कटल्याण्डबीच भइरहेको खेलमा बेटिङमा संलग्न रहेको आशंकामा उनलाई पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बताएको छ ।

आइसीसी विश्वकप क्रिकेट लिग २ अन्तरगत जारी नेपाल र स्कटल्याण्डबीचको खेल भइरहेको छ ।