सुपरमाई हाइड्रोपावरको आइपीओ बाँडफाँड


काठमाडौं । सुपरमाई हाइड्रोपावर कम्पनी लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) को बाँडफाँड आज (फागुन ६ गते, शुक्रबार) बिक्री प्रबन्धक सानिमा क्यापिटलको केन्द्रिय कार्यालयमा सम्पन्न भएको छ ।

मागभन्दा धेरै आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिएको थियो । गोलाप्रथाद्वारा बाँडफाँड गर्दा कुल ४१ हजार ५ सय जना जना लगानीकर्ताहरूले १० कित्ता सेयर प्राप्त गरेका छन् ।

कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १३ लाख २२ हजार ४ सय ९२ जना लगानीकर्ताहरूले १ करोड ४३ लाख २७ हजार ९ सय २० कित्ताका लागि आवेदन दिएका थिए । जसमध्ये ४ हजार १ सय ७२ जनाको आवेदन रद्ध भएको थियो । बाँकी रहेका १३ लाख १८ हजार ३ सय २० जना आवेदकलाई बाँडफाँडमा समावेश गराइएको थियो ।

कम्पनीले आफ्नो जारी पूँजी ५० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्तामध्ये १० प्रतिशत अर्थात ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेको नेपालीहरुलाई, २५ हजार कित्ता सामूहिक लगानी कोषहरुलाई बाँडफाँड गरी २ प्रतिशत अर्थात १० हजार कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि सुरक्षित गरी बाँकी रहने ४ लाख १५ हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो ।