टीभीएस एनटर्क १२५ रेस एक्सपीलाई उत्कृष्ट फिचर लोडेड स्कुटर अवार्ड


काठमाडौँ । नेपालका लागि टीभीएस मोटर कम्पनीको एक मात्र आधिकारिक बिक्रेता जगदम्बा मोटर्सको उत्पादन टीभीएस एनटर्क १२५ रेस एक्सपी २०२२ को उत्कृष्ट फिचर लोडेड स्कुटर अवार्डबाट सम्मानित भएको छ ।

१२५ सीसी सेग्मेन्टको स्कुटरमा १० पीएस भन्दा बढी पावर निकाल्ने एक मात्र स्कुटर भएकोमा यसलाई उक्त अवार्ड प्रदान गरिएको हो । अवार्ड नेपाली स्टार्टअप, उत्पादन र नेपाली प्राविधिक इभेन्टसँग सम्बन्धित नेपाली मिडिया टेकलेखले प्रदान गरेको हो ।

स्कुटर उद्योगमै पहिलो पटक भोइस असिस्ट फिचर ल्याएर टीभीएसले उद्योगमा एउटा नयाँ छाप छोड्न सफल भएको कम्पनीले जनाएको छ । भोइस असिस्ट फिचर अन्तर्गत मोड चेन्ज, न्याभिगेसन, कन्सोल ब्राइटनेस एडजस्टमेन्ट, डु नट डिस्टर्ब जस्ता फिचरहरु उपलब्ध छन् ।

यो भोइस असिस्ट फिचरलाई टिभीएस स्मार्ट कनेक्ट ब्लुटुथ कनेक्टिभिटीले सपोर्ट गरेको छ । एनटर्क १२५ रेस एक्सपीको द रेस ट्युन्ड फुएल इन्जेक्सन (आरटी–एफआई) इन्जिनले ५५०० आरपीएमका साथ १०।२ पीएसको पावर र १०।८ एनएमको टर्क जेनेरेट गर्दछ । ३ बल्ब सीभीटीआई–रेभ इन्जिन भएको यस स्कुटरको टप स्पिड ९८ किमी प्रति घण्टा रहेको छ ।

२०२२ को बेस्ट फिचर लोडेड स्कुटरको अवार्डबाट सम्मनित हुन पाउँदा एकदमै गौरव महसुस भएको जगदम्बा मोटर्सका सीईओ दीपक अग्रवालले बताए । टीभीएस एनटर्क १२५ रेस एक्सपी यो सेग्मेन्टमै सबैभन्दा बढी पावर दिने स्कुटर मात्र नभएर डुअल राइड मोड भएको पनि सेग्मेन्टमै पहिलो भएको उनले बताए ।

बेस्ट इन क्लास कनेक्टिभिटी र सेग्मेन्ट फर्स्ट १०।२ पीएसको पावरले सर्वोत्कृष्ट पर्फर्मेन्सको ग्यारेन्टि दिनुको साथै ग्राहक सेवा सन्तुष्टिको मान्यतालाई पनि आत्मसात गरेको अग्रवालले बताए ।