टाटाको इभी लर्निङ सेन्टर र ब्याट्री मर्मत केन्द्रको भ्रमण कार्यक्रम सम्पन्न


काठमाडौँ । टाटाको मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले इभी लर्निङ सेन्टरु र ब्याट्री मर्मत केन्द्रहरूको भ्रमण कार्यक्रम सफलताका साथ सम्पन्न गरेको छ।

यस कार्यक्रमको दौरानमा विभिन्न सञ्चारकर्मीहरुलाई थापाथलीस्थित टाटाको सोरूमबाट यस ब्राण्डका विद्युतीय गाडी इभी प्रयोग गरी क्रमशः नैकाप एवं बागडोल पुर्‍याइएको थियो।

नैकापस्थित सिप्रदीको इभी लर्निङ सेन्टरमा उनीहरूलाई विद्युतीय गाडी सञ्चालनको आधारभूत प्रक्रिया र प्रणालीबारे जानकारी गराइएको थियो।

कार्यक्रममा सहभागी पत्रकारहरूले यस सेन्टरमा मूलतः विद्युतीय गाडीको ब्याट्रीले विद्युतीय सञ्चार मार्फत कसरी कार्य गर्छ भन्ने बारे जानकारी हासिल गरेका थिए।

कुनै कारणवश ब्याट्रीमा समस्या देखा परेमा यसका निश्चित अवयवहरू जस्तै मोडल र सेलु परिवर्तन गरी यसको समाधान अत्यन्त कम खर्चमा सहज तवरले गर्न सकुन् भन्ने बारे जानकारी प्रदान गरिएको थियो।

नेपाली अटोमोबाइल बजारमा यदी इभी ब्याट्री बिग्रिएमा मर्मत गर्न अत्यन्त खचिलो र झन्झटिलो हुने भ्रम रहेकोले उक्त भ्रम चिर्न यस्तो कार्यक्रमको आयोजना गरीएको सिप्रदीले जनाएको छ।

त्यसैगरी, भ्रमण कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूलाई ललितपुरको बागडोलमा अवस्थित टाटाको “सर्भिस सेन्टर“को अवलोकन गराइएको थियो।

अवलोकनको क्रममा विशेषतः इभीको मर्मत सम्भारको लागि प्रयोग गरिने प्राविधिक पक्षहरू बारे सूचित गारिएको कम्पनीको भनाइ छ।

यसको अतिरिक्त इभीको ब्याट्रीको समस्या कसरी निरुपण गरी समाधान गरिन्छ भन्नेबारे पनि जानकारी प्रदान गरिएको थियो।

टाटाको मात्र नभई नेपालको समग्र विद्युतीय गाडीको बजार अभिवृद्धि गर्न सहयोग पुर्‍याउने उद्देश्यले यस भ्रमण कार्यक्रमको आयोजना गरिएको सिप्रदीको दाबी छ।

यस कम्पनीले केही समयदेखि टाटाका वातावरण, आराम, सुरक्षा एवम् डिजाइनको दृष्टिकोणले उत्कृष्ट इभीहरू नेपाली बजारमा बिक्री वितरण गरिरहेको छ।