जीवन विकास लघुवित्तको लाभांश घोषणा


काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । शनिबार बसेको सञ्चालक समितिको बैठकले ३७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २८ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ९.३६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

संस्थाले यसअघि आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको ७० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.६८ प्रतिशत नगद गरी कुल ७३.६८ प्रतिशत लाभांश वितरण गरेको थियो ।