नेप्से २३ अंकले घट्दा हिमालयन डिष्ट्रिलरीको सर्वाधिक कारोबार


काठमाडौं । साताको कारोबारको पहिलो दिन सेयरबजारमा गिरावट आएको छ । अघिल्लो साता पनि सकरात्मक बन्न नसकेको नेप्से परिसूचक साताको पहिलो दिन आइतबार २३ अंकले घटेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार सेयर मापक सूचक नेप्से परिसूचक २३.६० अंकले घटेर २०४६.८१ अंकमा पुगेको छ । त्यस्तै राम्रा र बलिया कम्पनीको सूचक ४.९१ प्रतिशतले घटेर ३९१.५३ अंकमा पुगेको छ ।
त्यस्तै आज नेप्सेमा कारोबार भएका कुल १३ वटा उपसमुहमध्ये ११ वटा उपसमुहको सेयर घटेको छ भने बाँकी दुई उपसमु्हको सेयर बढेको छ ।
सोमबार नेप्सेमा हिमालयन डिस्टीलरीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २० करोड ८२ लाख ५६ हजार ७ सय ४० रुपैयाँको कारोबार भएको छ ।
आजको दिन नेप्सेमा राप्ती हाइड्रो र जनरल कन्स्ट्रक्सनका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।
त्यस्तै आज जीवन विकास लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ९.१५ प्रतिशतले घटेको छ ।
कुल २५८ कम्पनीको ६० लाख ९१ हजार ३५३ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ९४ करोड ७६ लाख २३ हजार ९ सय ९३ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।